मंगलबार, ०९ असोज २०७५     (Tuesday, 25 Sept 2018)      : :            English | नेपाली
नेपाल सरकार
वन तथा भू–संरक्षण मन्त्रालय

वन विभाग

जिल्ला वन कार्यालय

हेटाैंडा, मकवानपुर
  मुख्य सन्देश  
आईतबार, २७ साउन २०७५ : डढेलोबाट वनलाई जोगाऔं
बिहिबार, १५ चैत्र २०७४ : CF monitoring
मंगलबार, १९ असार २०७५ : बेरुजु सम्बन्धि सूचना

वन्य जन्तु

जिल्लाको पश्चिमी भेगमा रहेको चितवन राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षणका दृष्टिकोणले देश कै महत्वपूर्ण स्थल मानिन्छ । जहाँ स्तनधारी, पंक्षि तथा घस्रने जनवारहरुमा वाघ, हात्ती, गैडा, गोही जस्ता संरक्षित वन्यजन्तु पाइन्छन् । यसै गरी जिल्लाको पूर्वी दक्षिण सिमानामा अवस्थित पर्सा वन्यजन्तु आरक्ष वन्यजन्तु वासस्थान संरक्षणका लागि नमूना क्षेत्रको रुपमा रहेको छ जहा मुख्य गरी वाघ,जंगली हात्ती जस्ता महत्वपूर्ण वन्यजन्तु पाईन्छन । यी उल्लेखीत राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु आरक्षका जनावारहरु पनि यस जिल्लामा कहिलेकाही आवत जावत गर्ने गर्दछन । त्यस वाहेक मकवानपुर जिल्ला सालक को लागी पनि प्रसिद्द छ । यस जिल्लामा पाइने अन्य मुख्य वन्यजन्तुहरुमा भालु, चितुवा, चित्तल, बँदेल, रतुवा मृग, वन विरालो, दुम्सी, मयुर, कालिज, ढुकुर, तित्रा, कोइली, असला माछा आदी हुन् ।
सामुदायिक वनको तिब्र विकाससँगै वनको हैसियतमा सुधार भई वन्यजन्तुको वासस्थानमा भएको बृद्धि र चोरी शिकारी नियन्त्रणले गर्दा वन्यजन्तुको संख्यामा वृद्धि हुनुका साथै वासस्थानमा समेत सुधार आएको छ । 

 

1533716352१११.png

Prahlad Prasad Dhital

(District Forest Officer)
See More