आईतबार, ०५ असोज २०७६     (Sunday, 22 Sept 2019)      : :            English | नेपाली
नेपाल सरकार
वन तथा भू–संरक्षण मन्त्रालय

वन विभाग

डिभिजन वन कार्यालयालय

हेटाैंडा, मकवानपुर
  मुख्य सन्देश  
आईतबार, २७ साउन २०७५ : डढेलोबाट वनलाई जोगाऔं
बिहिबार, १५ चैत्र २०७४ : CF monitoring
मंगलबार, १९ असार २०७५ : बेरुजु सम्बन्धि सूचना

वन, बनस्पति

उष्ण प्रदेश(Tropical) देखि समसितोष्ण   (Sub-temperate)   प्रदेशसम्मको भूभाग भएको हुदा यस जिल्लामाTropical, sub Tropical evergreen  / sub- temperate mixed forest पाइन्छ । यहा पाईने वनको रुख प्रजातीहरुमा साल, सिमल, सिसौ ,खयर अस्ना,टूनी,कर्मा,टाटरी, वर्रो वोटधायरो सतिसाल आदी पाईन्छ । त्यसैगरी जडिवुटी तथा गैरकाष्ठ वन पैदावार प्रजातीहरुमा अमला, हर्रो वर्रो, सुगन्धकोकिला,तेजपात, कुरीलो,सर्पगन्धा र सुनाखरी का विभिन्न प्रजातीहरु पाईन्छन ।
साल तथा साल मिश्रित वन मुख्यतया हेटौडा र फापरवारी उपत्यका तथा चुरे पहाडमा पाइन्छ । खोटेसल्लाको वन चुनिया डाँडाँ, कुलेखानी, टिष्टुङ्ग, भैसे, भीमफेदीको डाँडाँ र चुरे पहाडको डाँडाँमा पाइन्छ । 

खस्रुको वन दामन, सिमभञ्याङ्ग र भीमफेदीको माथिल्लो भागमा १५०० मी. देखि ३३०० मीटरको उचाइमा देख्न सकिन्छ । जिल्लाको वन क्षेत्रमा पाईने अन्य प्रजातिहरुमा अस्ना, बर्रो, कर्मा, जामुन, बाँझी, वेल, कुसुम, सिमल, कटुस, चिलाउने, उत्तिस, लाँकुरी, पैंयु, ओखर र गुराँस आदी प्रमुख हुन् । जसमा पैयु, कटुस, गुराँस, उतिस, लाँकुरी र गोव्रे सल्लाको वन दामन, सिमभञ्याङ्ग र पालुङ्गका विभिन्न क्षेत्रहरुमा पाईन्छ ।

मकवानपुर जिल्ला जडिवुटीको उपलब्धताको हिसाबले धनी जिल्लाहरु मध्ये एक हो । यस जिल्लाको मनहरी, काकँडा, खैराङ्ग, वसामाडी, नामटार, दामन, पालुङ, भीमफेदी र ठिगन क्षेत्र महत्वपूर्ण जडीवुटी र गैर काष्ठ वन पैदावार प्रसस्त रहेका गा.वि.स.हरु हुन् । यी क्षेत्रहरुमा पाईने गैह्र काष्ठ प्रजातिहरुमा चिराइतो, जिवन्ती, मजिटो, झ्याउ, काउलो, पाषणभेद, सतुवा, धसिङ्ग्ररे (मछिनो), हडचुर, लौठ सल्ला, अल्लो, गुराँस, पावन बोक्रा, सुगन्धवाल, अमला, हर्रो, बर्रो, टिमुर, सिकाकाई, पिप्ला, पिपली, कुरिलो, लोक्ता, दालचिनी, भोर्ला, वन लसुन, बुकिफूल, रिठ्ठा, विषफेज, सेत चिनी जरा, हलिक, छतिवन आदी प्रमुख हुन् । 

मकवानपुर जिल्ला जैविक विविधतामा सम्पन्न रहेको छ । जिल्लाका अन्य क्षेत्रको तुलनामा हावापानी तथा भौगोलिक विविधताका कारण फाखेल देखि टिष्टुङ्ग गा.वि.स.सम्मको क्षेत्रमा रहेको चन्द्रागिरी पहाडी श्रृंखलाको वन र दामन, पालुङ्ग, सिमभन्ज्याङ, गोगने, कालीटार र नामटार गा.वि.स.मा रहेको मध्य पहाडी वन जैविक विविधताका हिसाबले धनी क्षेत्रको रुपमा परिचित छ । उक्त क्षेत्रहरुमा ८४ भन्दा बढी जातका सुनाखरी, धेरै रंग र जातका गुराँसहरु, बहुमुल्य जडीवुटीहरु र विविध प्रकारका वनहरु रहेका छन् । 

1559288276Imanath Paudel.jpg

इमनाथ पौड्याल

(डिभिजनल बन अधिकृत )
See More