यो जिल्लामा धेरै ऐतिहासिक, पुरातातत्वीक, धार्मिक र पर्यटकिय दृष्टिकोणले महत्वपूर्ण स्थानहरु रहेका छन् । जिल्लाको समथर तराई क्षेत्रमा रहेको पर्सा वन्यजन्तु आरक्ष, भित्री मधेशमा पर्ने चितवन राष्ट्रिय निकुञ्ज र उच्च पहाडी क्षेत्रमा अवस्थित दामन–सिमभञ्ज्याङ्ग क्षेत्र महत्वपूर्ण पर्यटकिय क्षेत्रहरुमा पर्दछन्। त्यस्तै जिल्लामा ऐतिहासिक र धार्मिक महत्वका सम्पदाहरु धेरै रहेका छन् । जिल्लामा विद्यमान ऐतिहासिक, धार्मिक, पुरातात्विक र पर्यटकिय दृष्टिकोणले महत्वपूर्ण क्षेत्रहरुको बारेमा तलको तालिकामा उल्लेख गरिएको छ ।
तालिका नं.६ जिल्ला भित्रका महत्वपूर्ण स्थलहरुको विवरण
क्र.सं. | महत्वपूर्ण स्थल | स्थान | उद्देश्य/विशेषता |
१ | अशोककालिन चैत्य | चित्लाङ्ग | २३ सय बर्ष पहिले नेपाल भ्रमणमा आउँदा सम्र्राट अशोकले निर्माण गर्न लगाएको चैत्य (चैत्य ल्वहँ) पुरातात्वीक तथा धार्मीक महत्व |
२ | मकवानपुर गढी | गढी | पृथ्वी नारायण शाहका ससुरा मणीमुकुन्द सेनको दरबार रहेको क्षेत्र, स्वर्णलेपन गरिएको वंशगोपाल श्रीकृष्णको मुर्ती |
३ | चिसापानी गढी | चिसापानी | नेपाल–अंग्रेज युद्वमा प्रयोग भएको चर्चित कालीतोप र स्त्रीजातिको प्रवेश निशेध रहेको रहस्यमय वटुक भैरव मन्दिर |
४ | भिमसेन , वटुकभैरव मन्दिर | भिमफेदी | प्रशिद्व धार्मिक स्थल |
५ | भुटन देवी, भूवनेश्वर पशुपती मन्दिर तथा गोरक्षश्वर | हेटौंडा | नगरको आराध्य देवीको रुपमा पुजिने प्रशिद्ध शक्तिपिठ भूटन देवी र हुप्रा चौर वस्तीमा अवस्थित प्रशिद्ध भुवनेश्वर पशुपती मन्दिर छन भने राप्ती पुल छेउ गोरक्षश्वर मन्दिर रहेको छ । |
६ | मनकामना मन्दिर | स्थानमा रहेको र त्यहावाट समग्र हेटौडाको अवलोकन गर्न मिल्ने भएको धार्मीक तथा पर्यटकिय महत्व रहेको । | |
७ | वनस्खण्डी मन्दिर तथा उद्यान | हेटौडा | नगरपालीका नजिकै वनस्खण्डी सामुदायीक वन क्षेत्रमा रहेको यो मन्दिर तथा उद्यान धार्मीक तथा पर्यटकिय महत्व रहेको छ । |
८ | चुरियामाई मन्दीरतथा त्रिभुवन राजपथको सुरुग | चुरियामाई | महेन्द्र राजमार्ग छेउमा रहेको सवारी धनी तथा सवारी चालकहरुद्धारा अत्याधिक पुजिने प्रसिद्ध मन्दिर तथा त्रिभुवन राजपथ निर्माणको शुरु अवस्थामा चुरेलाई छिचोल्न वनाइएको सुरुग । |
९ | दामन भ्यू टावर | द्यामन | नेपाल कै पहिलो दृष्यावलोकन टावर जहाँबाट वरपरका क्षेत्रमा फलेका ताजा तरकारीको हरियो फाँट र पूर्वमा सर्बोच्च शिखर सगरमाथा, पश्चिममा अन्नपूर्ण तथा धौलागिरी हिम श्रृंखलाहरुको सहज दृष्यावलोकन गर्न सकिन्छ । |
१० | मैत्री पार्क | सिमभञ्ज्याङ्ग | जैविक विविधता अध्ययनको केन्द्र तथा पर्यटकिए पार्क |
११ | प्रजा संग्राहालय | राक्सिराङ्ग | प्रजा जातिको चिनारी झल्काउने वस्तुहरुको ऐतिहासिक संग्रह स्थल |
१२ | मचान | मनहरी | चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवस्थित रिर्सोट |
१३ | साहसिक चन्द्रागिरी पदमार्ग | दक्षिणकाली, फर्पिङ्ग, फाखेल हुदै चित्लाङ्गसम्मको साईकल र पैदल यात्राको लागि उपयुक्त मार्ग । | |
१४ | लाली गुराँश मार्ग | दामन—मार्खु | दामनको भ्यूटावर देखि मार्खु कुलेखानी जलाजय सम्मको यो मार्ग खासगरी गुराँश फुलेको मौसममा अत्यन्त आकर्षक छ । |
१५ | अर्किड मार्ग | सिमभञ्ज्याग— देउराली | सिमभञ्ज्याग वाट शुरु भएर देउरालीमा अन्त्य हुने यो पदमार्ग खासगरी सुनाखरी तथा गुराश को अवलोकनको लागी प्रख्यात छ । |
१६ | शहिद स्मारक तथा पुष्पलाल स्मृति वाटिका | हेटौडा न.पा. | २५ टनको एउटै ढुङ्गामा १२ जना प्रजातान्त्रिक योद्वाहरुको कुदेको तस्विर रहेको स्मारक क्षेत्र र पुष्प वाटिका |
१७ | कुलेखानी ड्यााम | मार्खु | ७ किलोमीटरमा फैलिएको कृतिम ताल (ईन्द्र सरोबर) र सो भित्र माछा पालन तथा बोटिङ्ग |
१८ | जल बिद्युत उत्पादन गृह | भिमफेदी | विद्युत उत्पादन तथा वितरण |
१९ | औधोगिक क्षेत्र | हेटौडा न.पा. | विभिन्न उद्योगहरुको केन्द्र स्थल |
२० | खुला मूर्तीकला संग्राहलय | हर्नामाडी | ज्योती सामुदायीक वन हर्नामाडीको पर्यापर्यटन पार्कमा अवस्थित यो अन्तराष्ट्रिय मूर्तिकला सम्मेलनको समयमा नेपाल तथा विभिन्नदेशका मूर्तीकारहरुले कुदेको मुर्तीहरुको खुला संग्राहलय । |
२१ | कुश्माण्ड सरोवर | हेटौडा न.पा. | राप्ती कर्रा तथा खोलाको संगम( त्रिवेणी) मा अवस्थित १०८ गौमुखि धाराहरु रहेको यो कुष्माण्ड धाम पवित्र तिर्थस्थलको रुपमा विकसित भैरहेको छ । |