राजसराई
देशका अन्य क्षेत्रमा झै शहरी सुविधा उपभोगका लागि गाँउबाट शहरी क्षेत्रमा बसाई सरी आउने क्रम यस जिल्लामा पनि कायमै रहेको पाईन्छ । विगत बर्षहरुमा पहाडी क्षेत्रहरुमा परेको द्वन्द्वको असरका कारण विस्थापित परिवारहरु पनि आन्तरिक बसाई सराई गरी शहरी क्षेत्रमा केन्द्रित भएको पाईन्छ । त्यस देखि बाहेक विगतको तराई आन्दोलनको प्रभाव रहेका जिल्लाहरुबाट यस जिल्लामा बसाई सरी आउनेको संख्या पनि कमी रहेको छैन । जिल्लाको हेटौंडा नगरपालिका क्षेत्र औधोगिक केन्द्रका रुपमा समेत रहेकाले रोजगारीका अवसर प्राप्त गर्न विभिन्न जिल्लाबाट बसाई सरी आएको समेत प्रसस्त देख्न सकिन्छ । यी विविध कारणबाट बसाई सरी आउने क्रम जारी रहेता पनि बसाई सराईको यकिन तथ्याङ्क भने उल्लेख भएको पाईदैन ।