मकवानपुर जिल्लामा वन पैदावारहरुलाई कच्चा पदार्थको रुपमा प्रयोग गर्ने उद्योग धन्दाको संख्या प्रशस्त रहेको छ । जिल्लामा काष्ठ पैदावारमा आधारित सःमिल र फर्निचर गरी ११७ वटा उद्योग र १–१ वटा काठ सिजनिङ्ग गर्ने उद्योग र नेमोपार्केट उद्योग समेत रहेका छन् । यस्तै गैह्र काष्ठ वन पैदावारमा आधारित उद्योगहरुमा वाँस र वेत उद्योग– १ वटा, र सामुदायीक वन समुहद्वार सञ्चालीत अल्लोको रेशावाट कपडा वुन्ने उद्यम, नेपाली हातेकागज उद्यम समेत रहेका छन् । यी उद्योगहरुलाई आवश्यक कच्चा पदार्थको आपूर्तिको मुख्य श्रोत सामुदायिक वन भएता पनि सरकारी वन तथा निजीबाट प्राप्त वन पैदावारहरु पनि केहि मात्रामा प्रयोग हुने गरेका छन् ।