पेशा
मकवानपुर जिल्ला औद्योगिक जिल्लाको रुपमा चिनिएतापनि यहाका मानिसहरुको मुख्य पेशा कृषि नै हो । २०६८ सालको जनगणना अनुसार यस जिल्लाको कूल जनसंख्या मध्ये ८२.७ % जनसंखया कृषिमा निर्भर छ भने १७.३ % गैर कृषि क्षेत्रमा संलग्न छ । आर्थिक रुपमले सक्रिय जनसंख्यको ५३.६ % कृषिमा र ४६.९४ % गैरकृषि पेशामा संलग्न छन ।
तालिका नं ४ विभिन्न पेशामा संलग्न जनस्ांख्याको प्रतिशत
सि.नं. | विभिन्न पेशामा संलग्न जनसंख्या | प्रतिशत |
१ | कृषि र वन | ५२.८० |
२ | औधोगिक प्रोसेसिंग | ११.८० |
३ | व्यवसाय | ११.०० |
४ | सरकारी सेवा | ५.२० |
५ | यातायात र संचार | ५.२० |
६ | निर्माण तथा यसका उद्योग | ३.२० |
७. | शिक्षा | २.९० |
८. | होटल व्यवसाय | २.१० |
९. | विजुली, ग्यास र पानी | १.३० |
१०. | आर्थिक मध्यस्थकर्ता | १.२० |
११. | सामुदायिक तथा व्यक्ति सेवा | १.०० |
१२. | घरमा काम गर्ने | ०.५० |
श्रोत : जि.वि.स. मकवानपुर, २०६० वि.स. ।
कृषि र पशुपालन
जिल्लाको कूल भूभागको २५.१५ % भूभाग कृषिक्षेत्रको रुपमा प्रयोग भएको पाइएतापनि कूल कृषिभूमिको ३७.२८ % भूभाग मात्र सिञ्चाई सुविधा प्राप्त छ । जिल्लाको महाभारत पर्वत श्रृखलाको उत्तरी भेगमा पर्ने उच्च भू–भाग देखि वेंसी फाँटसम्म चिसो भागमा विशेष गरी तरकारी, आलु, हिउँदे फलफूल तथा सुन्तलाका लागि सुहाउँदो हावापानी रहेको छ । तल्लो पहाडी भेग अगौटे तरकारी, आलु तथा खाद्यान्न उत्पादनका लागि सुहाउँदो मानिन्छ । त्यसै गरी चुरे र महाभारत पर्वत श्रृखलाको बिचको एक चौथाई समथर भू–भाग न्यानो हावापानी भएकोले अगौटे तरकारी, आलु तथा खाद्यान्न उत्पादनका दृष्टिकोणले राम्रो मानिएको छ ।
दामन, पालुङ्ग, बज्रबाराही, आमभञ्याङ्ग, हाँडीखोला र नामटार गा.वि.स.मा व्यवसायिक तरकारी खेती गरिन्छ । उक्त क्षेत्रमा उत्पादन हुने गरेका तरकारीका जातमा काउली, भेडे खुर्सानी, मूला, टमाटर, मटरकोसा र बन्दा प्रमुख हुन् । यसरी उत्पादन गरिएका तरकारीहरु पोखरा, भरतपुर, काठमाण्डौं, बिरगंज आदी स्थानमा बिक्रिका लागि पु¥याईने गरेका छन् ।
यहाँको प्रमुख अन्न वालीहरुमा मकै, धान, गहुँ, कोदो र फापर रहेका छन् । यी वाली मध्ये मकै सबै भन्दा बढी र दोस्रो प्रमुख वालीमा धान पर्दछ ।
यस जिल्लामा उन्नत जातका गाई भैसी वाख्रा पालन व्यवसाय वृद्दी हुदै गैरहेको छ । त्यसैगरी व्यवसायीक वगुरपालन कुखुरापालन पनि वढिरहेको देखिन्छ । पशुजन्य उत्पादन मध्ये दुध वार्षिक ४८९६१ मे.टन. मासु ५३४४.०७ मे.टन, र अण्डा १३११७० गोटाले वढदो छ ।
(जिल्ला विकास योजना २०७०)