२०६८ को जनगणना अनुसार यस जिल्लामा विभिन्न धर्म र सम्प्रदायका मानिसहरु वसोवास गरेको पाइन्छ । तामाङ्ग जातीको वाहुल्य रहेको जिल्ला भएतापनि हिन्दु धर्म मान्नेहरु नै वढि रहेको जनगणनावाट देखिन्छ । हिन्दुधर्मालम्वी पछि वौध्दधर्मावलम्वी हरुको वाहुल्यता देखिनछ । जनगणना २०६८ अनुसार जिल्लामा विभिन्न धर्मावलम्वीहरुको जनसांख्यीक स्थिति निम्न अनुसार देखिन :
तालिका नं.३ धर्म संस्कृती र जनसंख्या
क्र.सं. | धर्मालम्वी | जनसंख्या प्रतिशत |
१ | हिन्दु | ४८.२८ |
२ | वौध्द | ४५.५७ |
३ | इसाई | ४.८४ |
४ | इस्लाम | ०.४२ |
जिल्लामा उल्लेखित धर्मावलम्वीहरुले विभिन्न सास्कृती परम्परा र चाडपर्वहरु मनाउदै आएका छन । खासगरी दशै , तिहार, लोसार , वुध्दपूर्णिमा, ऋषिपञ्चमी, क्रिसमस र इद जस्ता चाडपर्वहरु मनाइन्छ भने विभिन्न जात्रा मेला हरु पनि जिल्लामा विभिन्न क्षेत्रमा मनाइन्छ । दामनको ऋषेश्वर महादेवको मन्दिरमा ऋषिपञ्चमीको दिन हिन्दु तथा वौद्द धर्मालम्वीहरुले संयूक्त रुपमा ठूलो मेला लाग्दछ भने पालुङ्ग वजारमा ३ दिन सम्म चल्ने मेला लाग्दछ । यसरी नै भैसेको त्रिखण्डी मन्दीरमा भाद्र जनैपूर्णीमाको दिन ठूलो भेला लाग्दछ । जिल्लाको हेटौडा तथा वज्रवराहीमा नेवार समुदायले गाइजात्रा मनाउने चलन छ भने आजभोली हेटौडा वजारमा छठ पर्व पनि धूमधाम साथ मनाइन थालेको छ ।