बिहिबार, ०७ मंसिर २०७४     (Thrusday, 23 Nov 2017)      : :            English | नेपाली
नेपाल सरकार
वन तथा भू–संरक्षण मन्त्रालय

वन विभाग

जिल्ला वन कार्यालय

हेटाैंडा, मकवानपुर
  मुख्य सन्देश  

जिल्लाकाे सामान्य इतिहास तथा मुख्य विशेषताहसरू

    मकवानपुर जिल्लाको नामाकरण सेनवंशी राजा मुकुन्द सेनको नाम दर्शाउने गरी राखिएको मुकुन्दपुरबाट कालान्तरमा अपभ्रंस हुदै मकवानपुर भएको जनश्रुतीमा प्रचलित छ । यसको हालको सदरमुकाम हेटौंडाका सन्दर्भमा पनि ऐतिहासिक कथन प्रचलनमा रहेको छ । जस अनुसार वनवासको क्रममा पाँच पाण्डवहरु यस स्थानमा आई पुगेका र भिमसेनले हेडम्बा राक्षस मारेकोले उसैको नामबाट हेटौंडा नामाकरण भएको भनिन्छ । उस जिल्लामा अवस्थित प्रशिद्ध मन्दिर भुटनदेवीको सन्दर्भ पनि भिमसेनसँग जोडिएर नामाकरण भएको पाईन्छ । यस जिल्लामा आदिवासी जनजातिको रुपमा रहेका राई (दनुवार) जातिहरु दक्षिण पूर्वी वाग्मती नदि किनारको आसपासमा तीन हजार बर्ष अघि देखि बसोबास गरी फापरबारी गा.वि.स. वडा नं. १ झुर झुरेमा उनीहरुको राजधानी रहेको बताईन्छ । त्यसै गरी तामाङ्ग जातिहरु पनि यस जिल्लामा लामो समय अघि देखि प्रमुख जातिको रुपमा रहेको कुरा बेतिनी गा.वि.स.मा सो जातिका राजाको दरबार रहेको कुराबाट पनि पुष्टि हुन्छ । 
    अशोककालिन चैत्य, शिवालयहरु, पालुङ्ग र बज्रबाराहीमा फेला परेका विभिन्न औजार र मुर्तीहरुका कारणहरुले पनि यो जिल्ला प्राचिन काल देखि नै महत्वपूर्ण क्षेत्रको रुपमा रहेको छ । यस जिल्लाको मुख्य विशेषताहरुमा उल्लेखत ऐतिहासीक विशेषताका अतिरिक्त यसको भौगोलीक अवस्थितिको कारण यहाको भौगोलीक तथा जैविक विविधता हो ।

 

1424079208dg.jpg

राजेन्द्र न्यौपाने

(जिल्ला वन अधिकृत)
See More

भौगोलिक अवस्था तथा वनावट

जिल्लाको कूल क्षेत्रफल २,४४,४५७ हेक्टर रहेको छ । यस जिल्लाको कूल क्षेत्रफल मध्ये भू–धरातलिय दृष्टिकोणले हेर्दा सिवालिक (चुरे पर्वत श्रृंखला) ले ५५ प्रतिशत भू–भाग ढाकेको छ भने मध्य... ​

See More