बुधबार, ०४ असोज २०७४     (Wednesday, 20 Sept 2017)      : :            English | नेपाली
नेपाल सरकार
वन तथा भू–संरक्षण मन्त्रालय

वन विभाग

जिल्ला वन कार्यालय

हेटाैंडा, मकवानपुर
  मुख्य सन्देश  

जिल्ला बन कार्यालय मकवानपुरकाे परिचय

मध्यमाञ्चल विकास क्षेत्र अन्तरगत पर्ने मकवानपुर जिल्ला प्राकृतिक सम्पदामा धनी जिल्ला हो ।  भौगोलीक रुपमा यो जिल्ला २७० १०ु देखि २७० ४०ु उत्तरी अक्षांश र ८४० ४१ु देखि ५० ३१ु पूर्वी देशान्तर बिचको भागमा अवस्थित रहेको छ ।  जिल्लाको कूल क्षेत्रफलको ६५ प्रतिसत भू–भाग वन जंगलले ढाकेको छ । यस जिल्लाको कूल वन क्षेत्र मध्ये आधाभन्दा बढी भाग पहाडी क्षेत्रको साल वनले ओगटेको छ भने बाँकी वन क्षेत्रमा खोटे सल्ला र चौडा पात मिश्रित वन, सालको मिश्रित वन र खस्रु र यसको मिश्रित वन रहेको छ ।  यो जिल्लाको सवभन्दा तल्लो उचाइमा  समुद्र सतह भन्दा १६६ मीटर (राइगाउँ गाविसको हाथीढुगां) देखि माथिल्लो उचाइ २५८४ मीटर (सिमभन्ज्याङ) सम्म पर्दछ ।


भू–उपयोगको दृष्टिकोणवाट मकवानपुर जिल्लामा कूल भ–ूभागको ५४.८१ प्रतिशत     (१३३९८७.१८ हेक्टर) वन क्षेत्र र  १०.५१ प्रतिशत (२५६९६.८२ हे.) संरक्षित क्षेत्र (राष्ट्रीय निकुञ्ज तथा वन्य जन्तु आरक्ष) समेत गरी ६५.३४ प्रतिशत (१५९,६८३ हेक्टर) वन जंगलले ढाकेको क्षेत्र रहेको देखिन्छ । त्यस्तै कृषि क्षेत्रले ६१,४८९ हेक्टर (२५.१५%) भू–भाग ओगटेको छ भने वाकी भू–भाग नदीनाला वगर, झाडी घाँसे मैदान, र औद्योगीक क्षेत्रले ओगटेको प्राप्त तथ्याँकवाट देखिन्छ ।

हावा पानीको दृष्टिीकोण वाट यो जिल्ला शितोष्ण, सम–शितोष्ण र उष्ण गरी तीन भागमा पर्ने भएकाले जैविक विविधताको दृष्टिकोणले पनि यो जिल्ला धनी रहेको छ । जिल्लाको पश्चिमी भागमा पर्ने चितवन राष्ट्रिय निकुञ्ज र दक्षिणी भागमा पर्ने पर्सा वन्यजन्तु आरक्ष वन्यजन्तुको वासस्थान र जैविक विविधता संरक्षणका दृष्टिकोणले महत्वपूर्ण स्थलहरुको रुपमा पर्दछन् । जडिवुटीको उपलब्धताको दृष्टिकोणले समेत यो जिल्ला सम्पन्न रहेको मानिन्छ । 

यस जिल्लाका मुख्य नदीहरुमा बाग्मती र राप्ती हुन् । मार्खु र कुलेखानी गा.वि.स.को ७ किलो मीटर क्षेत्रमा फैलिएको ईन्द्रसरोवर जिल्लामा अवस्थित एक मात्र ताल हो जसको उपयोग विद्युत उत्पादनका लागि हुँदै आएको छ । जिल्लामा अवस्थित मुख्य पर्वत श्रृखलामा चन्द्रागिरी, महाभारत र चुरे रहेका छन् । 

1424079208dg.jpg

राजेन्द्र न्यौपाने

(जिल्ला वन अधिकृत)
See More

भौगोलिक अवस्था तथा वनावट

जिल्लाको कूल क्षेत्रफल २,४४,४५७ हेक्टर रहेको छ । यस जिल्लाको कूल क्षेत्रफल मध्ये भू–धरातलिय दृष्टिकोणले हेर्दा सिवालिक (चुरे पर्वत श्रृंखला) ले ५५ प्रतिशत भू–भाग ढाकेको छ भने मध्य... ​

See More