मंगलबार, ११ बैशाष २०७५     (Tuesday, 24 Apr 2018)      : :            English | नेपाली
नेपाल सरकार
वन तथा भू–संरक्षण मन्त्रालय

वन विभाग

जिल्ला वन कार्यालय

हेटाैंडा, मकवानपुर
  मुख्य सन्देश  
बुधबार, १४ चैत्र २०७४ : डढेलोबाट वनलाई जोगाऔं
बिहिबार, १५ चैत्र २०७४ : CF monitoring

सुचना

जलवायु, (हावापानी, वर्षा, तापक्रम)

हावापानी

यस जिल्लाको दक्षिणी भेगको हावापानी उपोष्ण (subtropical) र उत्तरी भेगको उच्च महाभारत भागको हावापानी शितोष्ण (Temperate) किसिमको छ । मौसमको हिसावले यस जिल्लालाई चिसो, गरम र वर्षा मौसम गरी ३ भागमा बाड्न सकिन्छ । चिसो महिना मंसीर देखि माघ सम्म रहन्छ भने गर्मी फाल्गुन देखि आधी जेष्ठ सम्म रहन्छ । वर्षाको सिजन आधी जेष्ठ देखि भाद्रसम्म रहन्छ । माघ देखि वैसाख सम्म हावाहुरी पनि चल्दछ ।  (जिल्ला वन क्षेत्र योजना २०६५)


तापक्रम तथा सापेक्षित आद्र्रता 

यस जिल्लाको उच्च पहाडी भू–भागमा औसत न्यूनतम तापक्रम ७.६३ डिग्रि सेल्सियस र औसत अधिकतम तापक्रम १७.६७ डिग्रि सेल्सियस रहेको पाईन्छ । यहाँ जाडो महिनामा न्यूनतम तापक्रम कुनै बेला –१.६ डिग्रि सेल्सियससम्म ओर्लिएको पाईन्छ भने औसत अधिकतम तापक्रम १३ डिग्रि सेल्सियस रहेको पाईन्छ । त्यसै गरी तराई तथा चुरे क्षेत्रमा बार्षिक औसत न्यूनतम तापक्रम १५.६९ डिग्रि सेल्सियस, औसत अधिकतम तापक्रम १८.५९ डिग्रि सेल्सियस रहेको पाईन्छ । यस क्षेत्रमा जाडो याममा तापक्रम ५–६ डिग्रि सेल्सियस सम्म ओर्लिन्छ भने गर्मि मौसममा ३४–३६ डिग्रि सेल्सियस तापक्रम पुग्छ। पहाडी भू–भागमा बार्षिक औसत सापेक्षित आद्र्रता ७३.५% रहेको पाईन्छ भने मौसम अनुसार ५६% देखि ९१% सम्मको अन्तरमा सापेक्षित आद्र्रता रहेको पाईन्छ । त्यसै गरी हेटौडा नगरपालिका लगायत चुरे क्षेत्रमा बार्षिक औसत ७७.०६% र मौसम अनुसार ६०% देखि ९०% सापेक्षित आद्र्रता रहेको पाईन्छ ।

 बर्षा

पहाडी भू–भागमा बार्षिक औसत १९०८.६ मि.मि. बर्षा हुन्छ भने हेटौडा नगरपालिका लगायत चुरे क्षेत्रमा बार्षिक औसत २२७४ मि.मि. बर्षा भएको पाईन्छ । करीव ८०% भन्दा अधिक पानी ४ महिनाको वर्षा सिजनमा नै हुन्छ ।(तथ्याङ्कीय नक्सामा मकवानपुर, २०६१)

1522218158dfo.jpg

प्रल्हाद प्रसाद धिताल

(जिल्ला वन अधिकृत)
See More
1522218223bsl.jpg

विशाल भट्टराई

(सुचना अधिकारी)
See More

भौगोलिक अवस्था तथा वनावट

जिल्लाको कूल क्षेत्रफल २,४४,४५७ हेक्टर रहेको छ । यस जिल्लाको कूल क्षेत्रफल मध्ये भू–धरातलिय दृष्टिकोणले हेर्दा सिवालिक (चुरे पर्वत श्रृंखला) ले ५५ प्रतिशत भू–भाग ढाकेको छ भने मध्य... ​

See More