बुधबार, ०४ असोज २०७४     (Wednesday, 20 Sept 2017)      : :            English | नेपाली
नेपाल सरकार
वन तथा भू–संरक्षण मन्त्रालय

वन विभाग

जिल्ला वन कार्यालय

हेटाैंडा, मकवानपुर
  मुख्य सन्देश  

जियोलोजी, खनिज, चट्टान, माटो

भुगर्वविज्ञान ( Geology ) भन्नाले पृथ्वीको  भौगोलीक वनागटको इतिहास र खास गरी चट्टानहको अध्ययन लाई जनाउदछ । जसमा चट्टानको उत्पति या वन्ने प्रक्रिया देखि यसको परिवर्तनका विभिन्न पक्षहरुको अध्ययन गरिन्छ । चट्टानहरुको उत्पति वनावटको दृष्टिकोणवाट यसलाई तीन भागमा वर्गिकरण गर्न सकिन्छ , आग्नेय चट्टान (Igneous Rock ),, पत्रे चट्टान (Semdimentaary Rock), परिवर्तित चट्टान (metamorphic Rock )  । 
यस जिल्लाको भौगोलिक बनावट (Geological Formation) अनुसार दक्षिण तर्फ Tertiary Siwalik र उत्तर तर्फ Mahabharat Range रहेको छ । चुरे पर्वत (Siwalik Hill), Coarsely Hedded Stone द्वारा बनेको छ भने महाभारत पर्वत t (Mahabharat Hill) बलौटे ढुंङ्गा (Sandy Stone), चुन ढुंङ्गाËf  (Lime), Quartzite तथा Gneiss द्वारा निर्मित छ । 

पारस्थकिय प्रणालीमा माटो तथा चट्टानको ठूलो भूमिका हुन्छ । चट्टाननै Soil Formation process काे Parent material हो , यसले नै माटोको charaterstics निर्धारण गर्दछ भने माटोले विरुवाहरुलाइृ Phsysical support दिन्छ । यसले Hydrological system लाई निरन्तरता दिन्छ भने पानीको Purification मा पनि यसको ठुलो भुमिका हुन्छ । त्यसैगरी माटोले प्रकृतीको Recycling proecess लाई सहयोग गर्दछ भने यसले पृथ्वीका वोट विरुवा लगायतliving organism हरुलाई वासस्थान प्रदान गर्दछ ।    
कुन स्थानको माटो कस्तो छ भन्ने आधार त्यहाको चट्टान, जुन माटोको उत्पतिको श्रोत, जलवायू र त्यहापाइने Organism मा भरपर्दछ । यी तीन तत्वले नै माटो निर्माणमा प्रमुख भुमीक खेल्दछ । यस जिल्लाको चुरे तथा सिवालीक क्षेत्रमा sandy gravel and gravel soil पाइन्छ भने महाभारत पहाडी भूभागमा मुख्य रुपमा rocky soil पाइन्छ त्यसैगरी हेटौगा उपत्यका र पालुग वज्रवराही उपत्यकाको नदी किनारा क्षेत्रमा ,alluvial colluvial soil पाइन्छ । माटो र त्यहापाइने वनस्पति विचमा अत्यन्त घनिष्ट अन्तरसम्वन्ध रहन्छ । माटो र चट्टानको किसिम अनुुसार वनस्पतिको उत्पति हुन्छ भने वनस्पतिले पनि माटो निर्माण प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्दछ । चुरे तथा सिवालीक क्षेत्रको ] sandy gravel and gravel soil मा साल अस्ना, जामुन कर्मा भेलोर, वाझी जस्ता प्रजाती पाइनछ भने महाभारत पहाडका Quatize चट्टान र रातो तथा अम्लीय माटोमा सल्ला प्रजाती पाइन्छ जस्तो लामीडाडा, भिमफेदी देउराली , तथा इपा को जंगल । 

1424079208dg.jpg

राजेन्द्र न्यौपाने

(जिल्ला वन अधिकृत)
See More

भौगोलिक अवस्था तथा वनावट

जिल्लाको कूल क्षेत्रफल २,४४,४५७ हेक्टर रहेको छ । यस जिल्लाको कूल क्षेत्रफल मध्ये भू–धरातलिय दृष्टिकोणले हेर्दा सिवालिक (चुरे पर्वत श्रृंखला) ले ५५ प्रतिशत भू–भाग ढाकेको छ भने मध्य... ​

See More