बुधबार, ०४ असोज २०७४     (Wednesday, 20 Sept 2017)      : :            English | नेपाली
नेपाल सरकार
वन तथा भू–संरक्षण मन्त्रालय

वन विभाग

जिल्ला वन कार्यालय

हेटाैंडा, मकवानपुर
  मुख्य सन्देश  

भौगोलिक अवस्था तथा वनावट

जिल्लाको कूल क्षेत्रफल २,४४,४५७ हेक्टर रहेको छ । यस जिल्लाको कूल क्षेत्रफल मध्ये भू–धरातलिय दृष्टिकोणले हेर्दा सिवालिक (चुरे पर्वत श्रृंखला) ले ५५ प्रतिशत भू–भाग ढाकेको छ भने मध्य पहाडले करीव ४५ प्रतिशत भू–भाग ढाकेको छ । सिवालिक क्षेत्रमा सक्रिय र नयाँ एलुभियल प्लेनले ९३%, फ्यान्स्, एप्रोन्स् र समथर भू–भागहरुले १७.२५% भू–भाग ढाकेको छ । दुन क्षेत्रले १.३३% भू–भाग ओगटेको छ । सिवालिक क्षेत्रमा मध्य देखि धेरै भिरालो जमिन ८.४७% र धेरै भिरालो देखि अति भिरालो ६३.५८% रहेको छ । मध्य पहाडी क्षेत्रमा एलुभियल प्लेन्स र फ्यान्स्ले ३.६६%, टारहरुले २.४४% र तालले ०.२६% क्षेत्रफल ओगटेको छ । यस क्षेत्रमा मध्य देखि धेरै भिरालो जमिन ३३.२०% र धेरै भिरालो देखि अति भिरालो जमिन ६०.४४% रहेको छ । 

यस जिल्लाको कूल क्षेत्रफलको २५% भन्दा पनि कम भू–भाग ०–५ डिग्रि सम्मको भिरालोपन भएको छ भने, २० डिग्री सम्म भिरालो भु–भाग दक्षिण भेग सबै र उत्तरी भेगमा केहि छ । पहाडी गा.वि.स.हरु भएको भू–भागको भिरालोपन ३० डिग्री सम्म छ जसले कूल भू–भागको ५०% भन्दा पनि बढी क्षेत्र ओगटेको छ । (श्रोतः तथ्याङ्कीय नक्सा मकवानपुर, २०६१)
उचाइः 
यो जिल्ला समुद्र सतह भन्दा १६६ मीटर (राइगाउँ गाविसको हाथीढुगाँ) देखि २५८४ मीटर (सिमभन्ज्याङ) सम्म फैलिएको छ ।
मुख्य पर्वत श्रृंखला
चन्द्रागिरी, महाभारत र चुरे यस जिल्लामा अवस्थित मुख्य पर्वत श्रृंखला हुन् । जुन क्रमशः फाखेल देखि टिष्टुङ्ग गा.वि.स.सम्म, बेतिनी देखि खैराङ्ग गा.वि.स.सम्म र राईगाँउ देखि मनहरी गा.वि.स.सम्म फैलिएर रहेका छन् ।

 

1424079208dg.jpg

राजेन्द्र न्यौपाने

(जिल्ला वन अधिकृत)
See More

भौगोलिक अवस्था तथा वनावट

जिल्लाको कूल क्षेत्रफल २,४४,४५७ हेक्टर रहेको छ । यस जिल्लाको कूल क्षेत्रफल मध्ये भू–धरातलिय दृष्टिकोणले हेर्दा सिवालिक (चुरे पर्वत श्रृंखला) ले ५५ प्रतिशत भू–भाग ढाकेको छ भने मध्य... ​

See More